Rule 30
समितिको काम, कर्तव्य र अधिकार
समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) बालश्रम निवारण सम्बन्धी विद्यमान नीति र कानुनमा आवश्यक सुधार गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने,
(ख) प्रतिष्ठानमा काम गर्ने बालकको स्वास्थ्य, शिक्षा, सुरक्षा सुविधा एवं व्यवसायिक तालिमका सम्बन्धमा आवश्यक व्यवस्था गर्न नेपाल सरकारलाई परामर्श दिने,
(ग) नेपाल सरकार र व्यवस्थापक बीच आपसी सम्बन्ध अभिवृद्धि गरी बालश्रम निवारण गर्न आवश्यक कार्य गर्ने,
(घ) बालकलाई उपयुक्त रोजगारीको व्यवस्था गर्न सकिने क्षेत्र पहिचान गरी नेपाल सरकार समक्ष सिफारिस गर्ने,
(ङ) बालकलाई काममा लगाउन निरुत्साहित तुल्याउने र बालश्रम निवारण गर्ने सम्बन्धमा प्रतिष्ठानले गर्नु पर्ने व्यवस्था भए गरेको छ छैन भन्ने सम्बन्धमा
प्रभावकारी अनुगमनको व्यवस्था गर्ने,
(च) बालश्रम निवारण कोषको उपयोगका सम्बन्धमा आवश्यक योजना बनाउने तथा प्राथमिकता निर्धारण गर्ने,
(छ) बालश्रम निवारण सम्बन्धी कुनै खास काम गर्न उपसमिति गठन गरी ठोस राय सुझाव प्राप्त गर्ने ।